आदरणीय सतगुरु माता सुदीक्षा जी महाराज, हेम राज शर्मा ज्यू , निर्कारी मण्डलका आदरणीय पदाधिकारीज्यूहरू, तथा उपस्थित श्रद्धालु महानुभावहरू,
जय निरंकार।
म डा. नहकुल के.सी., लुम्बिनी प्रदेशको विकास योजना आयोगको, सामाजिक समावेशीकरण र गरिबी निवारणका क्षेत्रमा कार्यरत एक साधकको हैसियतले आज यहाँ बोल्ने अवसर पाउँदा आफूलाई अत्यन्त सौभाग्यशाली ठान्दछु।
हामी प्रायः नीति, योजना, र विकासका कुरा धेरै गर्छौँ। तर म आज एकदमै स्पष्ट ढंगले भन्न चाहन्छु — साँचो विकास आत्मा नबदली हुँदैन। जबसम्म व्यक्ति भित्रबाट परिवर्तन हुँदैन, तबसम्म समाजमा स्थायी परिवर्तन सम्भव हुँदैन।
यही आत्मिक परिवर्तनको मूल मन्त्र हो – निर्कारी सन्देश।
निर्कारी मण्डलले हामीलाई सम्झाउँछ —
“धर्मभन्दा माथि मानवता हो, र सबै धर्मको सार आत्मज्ञानमा निहित छ।”
ईश्वरलाई बाहिरी स्वरूपमा होइन, सतगुरुको ज्ञानबाट अनुभूति गर्नुपर्छ।
आज लुम्बिनी प्रदेश, जुन बुद्धको जन्मस्थल हो, शान्ति र करुणाको प्रतीक हो — यस पवित्र भूमिमा निर्कारी विचारहरूले सामाजिक सद्भाव, सेवा र आध्यात्मिक चेतनालाई उजागर गर्दै अति महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
निर्कारी मण्डलले व्यक्तिको भित्रि चेतनालाई उज्यालो बनाउने काम गर्छ — जसबाट परिवार, समाज र देश नै उज्यालो बन्छ।
यसर्थ, म यस मञ्चबाट सबैमा आग्रह गर्न चाहन्छु —
हामी केवल योजनामा होइन, मूल्य र आत्मज्ञानमा आधारित समाज बनाऔँ।
हामी सबै मिलेर सेवा, समर्पण र सद्भावको यात्रामा सहयात्री बनौँ रजुटौं भन्ने आह्वान गर्दछु ।
धन निरंकार जी ।
२०८२/२/१२ तुल्सीपुरमा प्रस्तुत
No comments:
Post a Comment