Tuesday, July 22, 2025

थारु राजा दगींशरण सुकौराकोटको सभ्यता विकास र निर्माण सम्बन्धमा

 

थारु राजा दगींशरण सुकौराकोटको सभ्यता विकास र निर्माण सम्बन्धमा छलफल कार्यक्रम ।


डा. नहकुल के. सी.

९८५७८२०६३३

थारु कल्याणकारी सभा र तुल्सीपुर उध्योग वाणिज्य संघ द्वारा मिति २०८२ /०४/०६ मा आयोजित कार्यक्रममा व्यक्त विचार ; सुकौरालाई थारु राजाको सग्राहलय र सभ्यता झल्कने गरि बिकाश गर्न जरुरि छ डाक्टर नहकुल केसि (पुर्ब उपाध्यक्ष योजना आयोग लुम्बिनि प्रदेश)


 १. दंगीसरण राजा र ऐतिहासिक पृष्ठभूमि

दंगीसरण राजा दाङ उपत्यकामा बसोबास गर्ने थारू समुदायका राजा थिए। उनी दाङ उपत्यकाका शासकहरू मध्ये एक प्रमुख राजा मानिन्छन्, जसले थारू जातिको सांस्कृतिक, सामाजिक, र राजनीतिक पहिचान निर्माणमा ठूलो योगदान दिएका थिए।

  • बर्की मार र महाभारतमा उल्लेख भयको छ | दंगीसरण दरबार (वर्तमानमा भग्नावशेष मात्र बाँकी) तुलसीपुर उपमहानगरपालिका ११ न. वडा  क्षेत्रभित्र पर्छ।|
  • दंगीसरण र थारू समुदायको इतिहास मौखिक परम्परा र लोककथामार्फत जगेर्ना हुँदै आएको छ।
  • केही प्रमाणहरू अनुसार यो स्थल सिद्ध राजाहरूको ऐतिहासिक शासकीय केन्द्र हो भन्ने विश्वास गरिन्छ।
  • यक पक्ष अध्ययनले थारु राजा नै थियनन भन्ने धारणा पनि पाइएको छ जुन कुरा थप अध्ययनको जरुरी विषय बनाइनु पर्दछ
  • मेरो विचारमा यो मानवशास्त्रीय र पुरातत्वको अध्यनको विषय हुनु पर्द्छ |

 २. ऐतिहासिक स्थलको संरक्षण र विकासका उपायहरू

 संरक्षण कार्यहरू

  • दंगीसरण दरबारको ऐतिहासिक अनुसन्धान गरिनु पर्छ (पुरातात्विक अध्ययन, नक्सांकन, माटो र संरचना परीक्षण आदि)।
  • अवशेष संरक्षणका लागि स्थानीय संरक्षण समिति गठन गर्नु।
  • बाउण्ड्री वाल, सूचनापाटी, प्रवेशद्वार निर्माण गर्नु।

 प्रवर्द्धन र प्रचार

  • सांस्कृतिक संग्रहालय स्थापना, जहाँ थारू समुदायका जीवनशैली, अस्त्रशस्त्र, वस्त्र, औजार, परम्परा आदिको प्रदर्शन होस्।
  • थारू महोत्सव, लोक नाच/गान, भोजन प्रदर्शनी आयोजना गर्नु, जसले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्छ।

 पर्यटन पूर्वाधार विकास

  • सडक, बिजुली, खानेपानी, पार्किङ, शौचालय, साइनबोर्ड जस्ता पूर्वाधार विकास गर्नु।
  • स्थानीय गाइड तालिम, होमस्टे प्रवर्द्धन, र स्थानीय उत्पादनको बिक्री काउण्टर स्थापना।

 ३. स्थानीय, प्रदेश सरकार र आदिवासी जनजातिको भूमिका

 स्थानीय सरकार (नगरपालिका/गाउँपालिका)

  • ऐतिहासिक स्थलको संरक्षणलाई विकास योजना बनाई गुरु योजनामा समावेश गर्नु।
  • बजेट विनियोजन र स्थायी कर्मचारी तोक्ने व्यवस्था।
  • स्थानीय समुदायलाई संलग्न गर्दै योजना बनाउने र कार्यान्वयन गर्ने।

 प्रदेश सरकार (लुम्बिनी प्रदेश)

  • सुकौरा बिकाश परिषद्को स्थापना गर्नु पर्दछ |
  • दंगीसरण दरबारलाई प्रदेशस्तरीय सम्पदा सूचीमा सूचीकृत गर्नु।
  • संविधानतः प्रदेश पर्यटन नीति अन्तर्गत यस क्षेत्रलाई प्राथमिकता दिनु।
  • अनुसन्धान तथा संरक्षण कार्यका लागि बजेट सहयोग गर्नु।

थारू/आदिवासी जनजाति समुदाय

  • मौखिक इतिहास, थर-वंशावली, परम्परा अभिलेख संकलन।
  • संरक्षण समितिमा नेतृत्वदायी भूमिका
  • नयाँ पुस्तामा सांस्कृतिक चेतना जागरण

निजी क्षेत्रको नेतृत्वदायी सहभागिता

  • सह लगानीको सभ्नाहरुको खोजी तथा लगानी
  • प्रचार प्रसार  र बजारी करण

 ४. कार्यान्वयन रणनीति

कदम

गतिविधि

जिम्मेवार निकाय

क्षेत्रको ऐतिहासिक/पुरातात्विक अध्ययन

प्रदेश सरकार, विश्वविद्यालय, पुरातत्व विभाग

संरक्षण योजना निर्माण

स्थानीय सरकार + थारू प्रतिनिधि

पूर्वाधार विकास

नगर/गाउँपालिका, प्रदेश सरकार

प्रचार-प्रसार (डकुमेन्ट्री, लेख, संकेतपाटी)

संस्कृति मन्त्रालय, पत्रकार, स्थानीय क्लब

थारू समुदायसँग नियमित परामर्श

थारू कल्याण समिति, आदिवासी महासंघ

 ५. सुझावहरू

  • दंगीसरण राजाका वारेमा र यसको ऐतिहासीक महत्वका वारेमा स्थानीय पाठ्यक्रममा समावेश गराउने।
  • Youth Volunteers for Heritage जस्ता अभियान संचालन गर्नु।
  • UNESCO वा नेपाल सरकारको सांस्कृतिक सम्पदा संरक्षण कोष बाट सहयोग माग्नु।







कदम

गतिविधि

जिम्मेवार निकाय

क्षेत्रको ऐतिहासिक/पुरातात्विक अध्ययन

प्रदेश सरकार, विश्वविद्यालय, पुरातत्व विभाग

संरक्षण योजना निर्माण

स्थानीय सरकार + थारू प्रतिनिधि

पूर्वाधार विकास

नगर/गाउँपालिका, प्रदेश सरकार

प्रचार-प्रसार (डकुमेन्ट्री, लेख, संकेतपाटी)

संस्कृति मन्त्रालय, पत्रकार, स्थानीय क्लब

थारू समुदायसँग नियमित परामर्श

थारू कल्याण समिति, आदिवासी महासंघ

 ५. सुझावहरू

  • दंगीसरण राजाका वारेमा र यसको ऐतिहासीक महत्वका वारेमा स्थानीय पाठ्यक्रममा समावेश गराउने।
  • Youth Volunteers for Heritage जस्ता अभियान संचालन गर्नु।
  • UNESCO वा नेपाल सरकारको सांस्कृतिक सम्पदा संरक्षण कोष बाट सहयोग माग्नु।

Sunday, May 25, 2025

संक्षिप्त प्रवचन: आत्मज्ञान र मानव एकताको प्रकाश सम्बन्धमा ।

आदरणीय सतगुरु माता सुदीक्षा जी महाराज, हेम राज शर्मा ज्यू , निर्कारी मण्डलका आदरणीय पदाधिकारीज्यूहरू,  तथा उपस्थित श्रद्धालु महानुभावहरू,


जय निरंकार।


म डा. नहकुल के.सी., लुम्बिनी प्रदेशको विकास योजना आयोगको, सामाजिक समावेशीकरण र गरिबी निवारणका क्षेत्रमा कार्यरत एक साधकको हैसियतले आज यहाँ बोल्ने अवसर पाउँदा आफूलाई अत्यन्त सौभाग्यशाली ठान्दछु।


हामी प्रायः नीति, योजना, र विकासका कुरा धेरै गर्छौँ। तर म आज एकदमै स्पष्ट ढंगले भन्न चाहन्छु — साँचो विकास आत्मा नबदली हुँदैन। जबसम्म व्यक्ति भित्रबाट परिवर्तन हुँदैन, तबसम्म समाजमा स्थायी परिवर्तन सम्भव हुँदैन।


यही आत्मिक परिवर्तनको मूल मन्त्र हो – निर्कारी सन्देश।


निर्कारी मण्डलले हामीलाई सम्झाउँछ —

“धर्मभन्दा माथि मानवता हो, र सबै धर्मको सार आत्मज्ञानमा निहित छ।”

ईश्वरलाई बाहिरी स्वरूपमा होइन, सतगुरुको ज्ञानबाट अनुभूति गर्नुपर्छ।


आज लुम्बिनी प्रदेश, जुन बुद्धको जन्मस्थल हो, शान्ति र करुणाको प्रतीक हो — यस पवित्र भूमिमा निर्कारी विचारहरूले सामाजिक सद्भाव, सेवा र आध्यात्मिक चेतनालाई उजागर गर्दै अति महत्वपूर्ण भूमिका खेल्दै आएको छ।


निर्कारी मण्डलले व्यक्तिको भित्रि चेतनालाई उज्यालो बनाउने काम गर्छ — जसबाट परिवार, समाज र देश नै उज्यालो बन्छ।


यसर्थ, म यस मञ्चबाट सबैमा आग्रह गर्न चाहन्छु —

हामी केवल योजनामा होइन, मूल्य र आत्मज्ञानमा आधारित समाज बनाऔँ।

हामी सबै मिलेर सेवा, समर्पण र सद्भावको यात्रामा सहयात्री बनौँ रजुटौं भन्ने आह्वान गर्दछु । 


धन निरंकार जी ।

२०८२/२/१२ तुल्सीपुरमा प्रस्तुत